जयकिशन ‘हुतिहारा’ भएपछि(भिडियो)


Jay-Kishanग्ल्यामर नेपाल, काठमाडौं ।
हाँस्य अभिनेता पुरन थापाको लेखन,निर्माण र निर्देशनमा बनेको कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ को ट्रेलर सार्वजनिक भएको छ । दिलाशा क्रिएसनको व्यानरमा निर्माण भएको फिल्म आगामी मंसीर ३६ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

नारी केन्द्रित हाँस्य प्रदान फिल्म जयकिशन बस्नेत, सारिका केसी, राजाराम पौड्याल, लक्ष्मी गिरी लय संग्रौला, पुरन, शोभित बस्नेत, राजेन्द्र खड्गी, संगीत लिम्बू, माधव पण्डित, सुरेश असिम, रमेश मट्टारेले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा गजित बिष्ट र अनु शाह अतिथि भूमिकामा छन् । श्याम रायमाझीले खिचेको फिल्ममा विकास चौधरी र टंक बुढाथोकीको संगीत, एनबि महर्जनको द्वन्द्व, कमल राई र सुरेन बसेलको नृत्य छ ।

SUBSCRIBE 👉