सुदर्शन–पुजाको विवाहमा यस्तो रमाइलो(भिडियो)


Sudarshan-Thapaग्ल्यामर नेपाल, काठमाडौं ।
मंसीर लागेपछि अविवाहित पुरुष तथा महिलाको मुखमा झुण्डिने एउटै शब्द हो ‘विवाह’ । सम्भवत यस्तै कुरा बुझेका अभिनेता सुदर्शन थापा र अभिनेत्री पुजा शर्मा पनि यही मौकामा आफुलाई वैवाहिक जीवनमा बाँधेका छन् । विवाहको यो माहौलमा घरमा रमाइलो नाँचगान त छुट्ने कुरै भएन । त्यही माहौललाई तताउन पुजाको घरमा बेहुलाबेहुलीकै अगाडि गाउँले युवतीहरु दिल खोलेर नाँचिरहेका छन् ।

तर नझुक्किनु होला, सुदर्शन र पुजाको विवाह वास्तविक भने होईन । आगामी फागुन १५ गतेबाट देशव्यापी रुपमा रिलिज हुन लागेको स्वर्गीय निर्देशक आलोक नेम्बाङको अन्तिम फिल्म ‘अझै पनि’को सार्वजनिक तेस्रो गीतमा यस्तो माहौल देखिन्छ । ‘छमक छमक रत्यौली’ बोलको गीतमा सुरक्षा पन्त, प्रमिला खनाल, मिथिला शर्मा र विपना धिमाललगायतले अभिनय गरेका छन् । राजनराज शिवाकोटीको शब्द संगीतमा तयार भएको गीतमा मनिषा पोखरेल र रिता बुढाथोकीको स्वर रहेको छ । फिल्मकी निर्मात्री पुनम गौतमका अनुसार विवाहको मौसमलाई लक्षित गर्दै गीत सार्वजनिक गरिएको हो ।

सुदर्शन र पुनमले संयुक्त रुपमा लगानी गरेको फिल्ममा पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा र रामशरण पाठकको अभिनय रहेको छ । फिल्ममा महेश खड्का, हरि लम्साल, राजनराज शिवाकोटी र सचिन सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व र राजेश श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉