आइएफएफआइमा देखाइँदै झोला


Jhola-Nepali-Movie-4ग्ल्यामर नेपाल, काठमाडौं ।
सार्कको अवसर पारेर भारतमा बिहिबार आयोजना हुन लागेको ४५ औं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आइएफएफआइ) मा नेपाली फिल्म ‘झोला’ प्रदर्शन हुने भएको छ । नेपालको प्रतिनिधित्व ”झोला” फिल्मले गरेको छ । महोत्सवको उद्घाटन बलिउड बीग बी अमिताभ बच्चनले गर्नेछन् ।

महोत्सवमा ‘डटर(पाकिस्तान)’, ‘अ फ्यु क्युविक मिटसर्् अफ लभ(अफगानिस्तान)’, ‘फिङ्गर(माल्दिभ्स)’, ‘किल्ला(भारत)’, ‘कुसुथरा(भुटान)’, ‘जलालर गोल्पु(बंगलादेश) र ‘हो गाना पोसुना(श्रीलंका)’ प्रदर्शन हुनेछन् ।

सती प्रथाको कथा समेटिएको फिल्म ‘झोला’ व्यावसायिक रुपमा सफल फिल्म हो । यो फिल्म ओस्कार अवार्डको मनोनयनका लागि नेपालबाट सिफारिसमा परेको छ । नेपालमा हुने कुनै पनि फिल्म अवार्ड समारोहमा सहभागिता नजाउने प्रतिबद्धता फिल्म युनिटले गरे पनि फिल्मका निर्देशक यादव भट्टराई, नायिका गरिमा पन्तले एनएफडीसी अवार्ड पाएका थिए । ‘झोला’मा गरिमासहित, लक्ष्मी गिरी, देशभक्त खनाल, दीपक क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

११ दिनसम्म चल्ने महोत्सवमा सार्कसहित ७९ देशका १ सय ७८ वटा फिल्महरु देखाइनेछन् । महोत्सवमा २० वटा अन्तर्राष्ट्रिय र ९१ वटा भारतीय फिल्महरुको प्रिमियर हुनेछ ।

यसरी बन्यो “झोला” भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉