डि सिने अवार्डको भव्य तयारी


D-cine-awardग्ल्यामर नेपाल, काठमाडौं ।
विगत छ वर्षदेखी आयोजना हुँदै आएको ‘डि.सिने अवार्ड’को २०७१ संस्करणका लागि भव्य तयारी भइरहेको आयोजक संस्था छायाँछविले जनाएको छ । फिल्म उद्योगलाई समर्पित गर्दै निश्पक्ष एवं सम्मानजनक अवार्ड प्रदान गर्दै आइरहेको छायाँछविले यस वर्ष पनि अवार्डलाई निश्पक्ष एवं सम्मानजनक बनाउन कुनै कसुर बाँकी नराख्ने जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियका अनुसार कार्यक्रमलाई नृत्य, गायन एवं हास्य व्यङग्यका माध्यमले आकर्षक बनाइनेछ । अवार्डमा गजित विष्ट, अनु शाह, विनोद श्रेष्ठ, गौरव पहारी, अशिष्मा नकर्मी, शंकर विसी, रिस्ता बस्नेत, रजनी केसी, प्रदिप बास्तोला, मिराज कोइराला, संगम विष्ट, निश्मा घिमिरे, गम्भिर विष्ट, सौरभराज तुलाधर एवं अकेशा बिष्टलगायतका युवा पुस्ताका कलाकारहरुको विशेष प्रस्तुति हुनेछ । यसबाहेक विश्वकै सबैभन्दा कम उमेरका निर्देशक सौगात विष्टले पनि सांस्कृतिक प्रस्तुतिमा भाग लिनेछन् । ‘तितोसत्य’का कलाकारहरु दीपकराज गीरी एवं दिपाश्री निरौलाको समेत हाँस्य प्रस्तुति रहनेछ । कार्यक्रमलाई अझै आकर्षक बनाउन सांगीतीक अन्य प्रस्तुति समेत तय गरिदै गरेको कार्यक्रम संयोजक वि.एस लामीछानेले बताए ।

अवार्डका लागि कार्यक्रम निर्देशकका रुपमा प्रदिपकुमार उदय, कार्यक्रम संयोजकका रुपमा वि.एस. लामीछाने, सदस्य सचिवका रुपमा सुमन दाहाल, जुरी संयोजक मोहन निरौला एवं अध्यक्ष शान्तिप्रिय सहितको समिति रहेको छ । अवार्ड आगामी मंसीर १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

SUBSCRIBE 👉