धुनमा देखियो निता–जीवन प्रेम(भिडियो)


Dhoon-Photoग्ल्यामर नेपाल, काठमाडौं ।
चैत्र ६ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘धुन’ को अफिसियल गीत सार्वजनिक भएको छ । मिलन अमात्यको स्वर रहेको ‘केहि पल’ बोलको गीतमा अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुंगानाले फिचरिङ गरेका छन् ।

लक्की सिटौलाको शब्द तथा संगीत रहेको गीतले जीवन र नीताको प्रेम भावलाई देखाउँछ । गीतमा प्रदिप श्रेष्ठको कोरियोग्राफी छ भने गीत पोखरा आसपासमा छायांकन गरिएको हो । सांगीतिक प्रेम कथा रहेको फिल्ममा मुकेश ढकाल, श्रेया दुलाल, उमा बेबी, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको फिल्मकी प्रस्तुतकर्ता मालती शाह हुन भने सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टले लगानी गरेका छन् । फिल्म तारा सितारा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

SUBSCRIBE 👉