फेरि सर्यो माइ प्रमिस रिलिज मिति


wilson-bikram-rai-takme-budhoग्ल्यामर नेपाल, काठमाडौं ।
यसअघि पौष ११ गते रिलिज गरिने भन्दै पब्लिसिटी थालिएको फिल्म ‘माई प्रमिस’ ले पुन रिलिज मिति परिवर्तन गरेको छ । नयाँ रिलिज मितिअनुसार अब पौष १८ गते फिल्म रिलिज हुनेछ । यसअघि पौष ११ मै फिल्म रिलिज गरिने बताइएपनि बध्यात्मक परिस्थितिमा रिलिज मिति सार्नुपरेको फिल्ममा निर्माता तथा नायक रमेशचन्द्र राईले बताए ।

यसअघि मंसिर ५ गते फिल्म रिलिज गरिने बताइए पनि केकी अधिकारी र विल्सनबिक्रम राईको दुई फिल्म सोहि मितिमा रिलिज हुने देखिएपछि रिलिज मिति सारिएको थियो । त्यस्तै पौष ११ मा भने पर्याप्त हल नपाउने देखिएकोले बितरकको आग्रहअनुसार फिल्मको रिलिज मिति सारिएको हो । अब पौष १८ गतेबाट भने कुनै पनि हालतमा रिलिज मिति नसार्ने पक्षमा रहेको जनाउँदै रमेशले बरु आफु मरे पनि फिल्मको रिलिज मिति अब नसार्ने बताए ।

विगतमा फिल्मको रिलिज मिति पटक पटक सार्नुमा फिल्मका निर्माताहरुबिचको आन्तरिक द्वन्द्व पनि मुख्य कारण रहेको रमेश बताउछन । टीआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई अब्बल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । फिल्ममा स्वयम निर्माता रमेश चन्द्र राईको मुख्य भुमिका रहेको छ । उनका अलवा केकी अधिकारी, नरकुमार लिम्बु, विल्सन बिक्रम राई, अनुराग कुँवर, मार्टिन खान लगायतको फिल्ममा अभिनय रहेको छ । फिल्मले बिदेशमा रहेको लाहुरेहरुको वास्तविक कथा बोकेको छ । फिल्मलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिइसकेको छ ।

SUBSCRIBE 👉