विनयको ‘रेशम फिलिलि’


Vinay-Shrestha-Menuka-Pradhan-Resham-Fililiग्ल्यामर नेपाल।
करिअर जुन रफ्तारमा उचाईमा पुग्यो, त्यही रफ्तारमा ओरालो झर्‍यो पनि, हिरो विनय श्रेष्ठको। भिजे, मोडल हुँदै फिल्मी दुनिँयामा छिरेका विनयले ‘सानो संसार’, ‘फस्ट लभ’लगाएतका फिल्मबाट चर्चा बटुले तर खासगरी ‘भिषा गर्ल’ फ्लप भएपछि उनको करिअर ओरालो लाग्यो। उनकै लगानी रहेकोले पनि असफलताको धक्का नमिठोसँग बेहोर्नु पर्‍यो उनले। उसो त यो फिल्मको असफलताको असर करिअरमा मात्र होइन्, प्रेम जीवनमा पनि पर्‍यो।

ऋचा शर्मासँगको अफेयर यही फिल्म रिलिज पश्चात पूर्णविराम लाग्यो। ऋचाको करिअर उकालो लिइरहँदा फिल्मीवृत्तमा विनयको कुनै चर्चा छैन्। होस पनि कसरी, ‘भिषा गर्ल’ फ्लप भएपछि उनका अन्य कुनै फिल्म रिलिज भएको छैन्। म्युजिक भिडियोमा पनि उनलाई देख्न मुस्किल छ। झण्डै अढाई वर्षको मौनतापछि उनी फेरि एकपटक निर्माता र नायकका रुपमा देखापर्दैछन्। फिल्म हो, ‘रेशम फिलिलि’। कमेडी जनराको यो फिल्मलाई प्रणव जोशीले निर्देशन गरेका छन्। अब हेर्नुछ, यो फिल्मले उनको साख कतिको जोगाउने छ ? 😉 फिल्मको रिलिज मिति टुंगो लागिसकेको छैन।

SUBSCRIBE 👉