द्धन्द्ध निर्देशक पन्तको फड्को


Chandra Panta Fight Director of Nepal Filmग्ल्यामर नेपाल ।
नेपाली सिनेमा “रावण” बाट द्धन्द्ध निर्देशनमा डेब्यु गरेका द्धन्द्ध निर्देशक चन्द्र पन्तले बलिउड सिनेमामा पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर पाएका छन्। सिलगुडीमा केहि साता भित्रै छायाँकन शुरुहुने बलिउड सिनेमामा उनले द्धन्द्ध निर्देशन गर्ने अवसर पाएका हुन्। फिल्मी खबर सिने अवार्ड २०६९ र एन.एफ.डी.सी. फिल्मी अवार्ड २०६९ मा द्धन्द्ध निर्देशनको अवार्ड समेत हात परिसकेका पन्तले फुल स्टप, ब्ल्याक नाईट, एस पी खरेल, हमेशा, लोफ़र, सुन्तली लगाएत दर्जन भन्दा बढी नेपाली सिनेमामा समेत आफ्नो कला देखाई सकेका छन्।

पन्तले आफु आवद्ध हुने बलिउड सिनेमा बारे अहिले नै थप खुलाउन नमिल्ने बताउंदै सिनेमा को टाईटल समेत बताउन चाहेनन्। कुराकानीका क्रममा उनले भने, “म लगाएत अन्य नेपाली सिनेकर्मीको जम्बो टोली बलिउड सिनेमामा रहनेछ। छायांकन सुरु भएपछि सबै कुरा खुलस्थ पार्नेछु।” यस अघि द्धन्द्ध निर्देशक पन्तले केही समय अघि हलिउडको छोटो सिनेमा “द् लास्ट सुट” मा समेत द्धन्द्ध निर्देशन गरिसकेका छन्।

SUBSCRIBE 👉