नीर शाहलाई ‘अभिनय शिरोमणी’को उपाधी


nir-shahग्ल्यामर नेपाल, काठमाडौं । वरिष्ठ कलाकार नीर शाहलाई ‘अभिनय शिरोमणि’ सम्मान प्रदान गरिएको छ। मलेसियामा शुक्रबार आयोजित छैटौं नेफ्टा अवार्डमा शाहलाई सो सम्मानबाट विभूषित गरिएको हो। शुन्य अवस्थामा रहेको नेपाली चलचित्रमा अनवरत पुराएको योगदानको कदर गर्दै नेपाल चलचित्र प्राविधिक संघले उनलाई विशेष सम्मान गरेको हो। उनलाई अभिनेता राजेश हमाल र जावेद शाहले ताम्रपत्र प्रदान गरेर सम्मानित गरेका थिए।

नेपाली चलचित्र क्षेत्रलाई आज विश्वस्तरमा चिनाउन शाहको निकै ठूलो योगदान भएको प्राविधिक संघको ठहर छ। उनी अभिनय, फिल्म निर्देशन, निर्माण तथा चलचित्रका हरेक क्षेत्रमा सफल मानिन्छन्। ‘नेपाली चलचित्रलाई विश्वसामू पुर्‍याउन योगदान गरेको तथा चलचित्र कलेजसमेत सुरु गरेको कुरालाई उच्च मूल्यांकन गर्दै नीरविक्रम शाहलाई अभिनय शिरोमणि सम्मान दिइएको हो,’ सम्मानपत्रमा भनिएको छ। उनको गुण नेपाली फिल्म क्षेत्रले भुल्नै नसक्ने जनाइएको छ।

सम्मान ग्रहण गर्दै अभिनेता शाहले आयोजकलाई निकै धन्यवाद दिए। साथै उनले आफ्नो सम्मान चलचित्र निर्देशक हिरासिंह खत्री र पत्रकार नेपालभुषण न्यौपानेप्रति समर्पण गरेका थिए। ‘यो अवार्ड गरिरहँदा म मेरा गुरुहरु र मेरी आमा भोटकुमारी शाह र पत्नी उषा शाहलाई सम्झन चाहान्छु’, उनले भने, ‘उहाँहरुको साथ नभएको भए म आज यो अवस्था हुने थिइँन्।’ सम्मान ग्रहण गर्ने क्रममा शाह केही भावुक देखिएका थिए।

अभिनेता राजेश हमालले शाहको योगदान अतुलनिय भएको प्रतिक्रिया दिएका छन्। सम्मान दिएपछि हमालले भने, ‘उहाँको योगदानको अरु कोहीसँग तुलना हुन सक्दैन्।’

SUBSCRIBE 👉