लाहुरेबाट के पाईन् केकीले | My Promise Movie Trailer


Keki-Adhikariग्ल्यामर नेपाल, काठमाडौं ।
लाहुरे बहादुर हुन्छन् र बलवान पनि हुन्छन् । त्यसैले उनीहरुको सान विश्वभर फैलिएको छ । तर यिनै लाहुरे प्रति अभिनेत्री केकी अधिकारीको सोच भने केही परिवर्तन भएको छ । लाहुरे प्रति केकीको बुझाई कस्तो हो भन्ने थाहा पाउन चाहिँ दर्शकले पौष १८ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘माइ प्रमिश’ हेर्नुपर्ने हुन्छ ।

फिल्मले सोमबार सार्वजनिक गरेको ट्रेलरमा केकीले लाहुरे प्रतिको आफ्नो बुझाईलाई आंशिक रुपमा खुलाएकी छन् । फिल्मको ट्रेलरमा केकीसँगै अन्य कलाकारहरुलाई पनि देखाइएको छ भने सिंगापुरका रमणिय दृश्यहरुलाई पनि समेटिएको छ ।

टीआरएनजी प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन । टंक लिम्बु निर्माता रहेको फिल्ममा नरकुमार लिम्बु, केकी अधिकारी, विल्सनविक्रम राई, अनुराग कुँवर, मार्टिन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । विदेशमा रहेका नेपाली लाहुरेको कथा समेटिएको फिल्मलाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिइसकेको छ ।

SUBSCRIBE 👉