डी सिने अवार्डमा मोक्ष उत्कृष्ठ


छ एकान छ र नाइ नभन्नु ल २ लाई ५–५ अवार्ड

ग्ल्यामर नेपाल, काठमाडौं । छायाँछवि क्रियशनले बुधबार राजधानीमा आयोजना गरेको ‘छैटौं डी सिने अवार्ड २०७१’मा फिल्म छ एकान छ र नाइ नभन्नु ल २ ले सर्वाधिक ५–५ विधामा अवार्ड जितेका छन् ।

Prabin-Shrestha-D-Cine-Awardफिल्म छ एकान छका लागि एलिस कार्कीले उत्कृष्ठ पाश्र्व संगीत, राजबल्लभ कोइरालाले उत्कृष्ट खलपात्र, शैलेश आचार्यले उत्कृष्ट चरित्र अभिनय, दीपकराज गिरीले उत्कृष्ठ लेखन, पुरुषोत्तम प्रधानले उत्कृष्ठ छाँयाकारको अवार्ड चुमे । यसैगरी फिल्म नाइ नभन्नु ल २ का लागि विकास आचार्यले उत्कृष्ठ निर्देशक, प्रियंका कार्कीले उत्कृष्ठ सहअभिनेत्री, बसन्त सापकोटाले उत्कृष्ठ संगीतकार, प्रेम परियारले उत्कृष्ठ गायक, डा. कृष्णहरि बरालले उत्कृष्ठ गीतकार विधाको अवार्ड पोल्टामा पारे ।

Deepak-Raj-Giri-D-Cine-Awardअवार्ड कार्यक्रममा फिल्म उत्कृष्ठ चलचित्र बनेको मोक्षका लागि प्रविन श्रेष्ठले उत्कृष्ठ नवनिर्देशक, कोशिस क्षेत्रीले पब्लिक च्वाईस अवार्ड जिते । त्यस्तै फिल्म महशुसका लागि आर्यन सिग्देलले उत्कृष्ठ अभिनेता, केकी अधिकारीले उत्कृष्ठ अभिनेत्री र दुर्गा परियारले उत्कृष्ट गायिकाको अवार्डमा बाजी मारे । फिल्म प्रोड्युसरका लागि दीप तुलाधरले उत्कृष्ठ ध्वनि मिश्रण, श्याम अर्यालले उत्कृष्ठ नवअभिनेता र विल्सन विक्रम राईले उत्कृष्ठ सहअभिनेताको अवार्ड जित्दा फिल्म बितेका पलका लागि शंकर विसीले उत्कृष्ठ नृत्य निर्देशक र विपिन मल्लले उत्कृष्ठ सम्पादनको अवार्ड चुमे ।

Priyanka-Karki-D-Cine-Awardयसैगरी लोफरका लागि चन्द्र पन्तले उत्कृष्ठ द्वन्द्व निर्देशक, मधुमासका लागि पुजा शर्माले उत्कृष्ठ नव अभिनेत्री विधाको अवार्ड जिते । कार्यक्रममा जुरी अवार्ड फिल्म मौनको नाममा रह्यो भने क्रिटिक्स विधामा छायांकन तर्फ सञ्जय लामा, अभिनेत्रीतर्फ नम्रता श्रेष्ठ, अभिनेतातर्फ अर्पण थापा र प्रोत्साहन तर्फ निलिमा शर्मा उत्कृष्ठ बने ।

आयोजकले कार्यक्रममा २०७१ का लागि ‘चलचित्रकर्मी रजत सम्मान’ अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई प्रदान गरे भने ‘छाँयाछवि चलचित्र पत्रकारिता पुरस्कार २०७१’ बाट चलचित्र पत्रकार विदुर गिरीलाई पुरस्कृत गरियो । पत्रकार गिरीले सम्मानपत्र सँगै नगद ६ हजार ६ सय ६६ रुपैंयाँ प्राप्त गरेका थिए ।

कार्यक्रमलाई सांगीति बनाउन फिल्म अधकट्टी, लभ यु बाबा र जिन्दगी रक्सका कलाकारले आफ्नो फिल्मको गीतमा नाँच्दै फिल्मको प्रमोशन गरेका थिए भने मेलिना राईको गीत र दीपकराज गिरी र दीपाश्री निरौलाको कमेडीमा दर्शकले मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको फोटो ग्यालरी हेर्नुहोस् – Click Here

SUBSCRIBE 👉