‘झोले’को प्रमोशनमा ‘फिट्किरी’का निर्माता


jholay-nepali-movieग्ल्यामर नेपाल, काठमाडौं । एग्रेसिभ प्रमोशनमा उत्रिएको डार्क कमेडी फिल्म ‘झोले’ले निर्माता तथा गायक अर्जुनकुमारको पनि साथ पाएको छ। ‘फिट्किरी’ निर्माता अर्जुनकुमार खुलेरै ‘झोले’को प्रमोशनमा लागेका छन्। ‘झोले’का निर्देशक दीपेन्द्र के.खनालसँग निकै राम्रो दोस्ती भएकोले अर्जुनकुमार दिल खोलेर प्रमोशनमा लागेका हुन्। यसअघि दीपेन्द्र र अर्जुनकुमार मिलेर ‘द युगदेखि युगसम्म’ र ‘चपली हाइट’ बनाएका थिए। अर्जुनकुमारले शनिबार राजधानीको आरएनएसी क्षेत्रका माइक्रो बस, ट्याक्सी र ट्याम्पोमा ‘झोले’को पोस्टर टाँसेका हुन्। जहाँ उनीसँग सोही फिल्मका निर्माता टेकेन खड्का पनि देखिएका थिए ।

दुई निर्माता एउटै फिल्मको प्रमोशनमा खटिएको घटना नेपाली फिल्मको लागि अत्यन्त दुलर्भ मानिन्छ। त्यसैले आफ्ना मित्र दीपेन्द्रको फिल्मको प्रमोशनमा खटिएर अर्जुनकुमारले सकारात्मक प्रसंशा बटुलेका छन्। उता दीपेन्द्र भने यसरी निर्माताहरुबीच सहकार्य हुनु निकै प्रसंशनीय काम भएको प्रतिक्रिया दिएका छन्।

दयाहाङ राई, प्रियंका कार्की र ए.गुरुङ स्टारर ‘झोले’ फागुन ९ गतेबाट देशभर प्रदर्शन हुँदैछ्। ट्रेलर तथा गीतबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण युनिट हौसिएको छ। निर्देशक दीपेन्द्रले आफ्नो फिल्मले अढाई घण्टा दर्शकलाई पूर्णमनोरञ्जन गराउने दाबी गर्छन्।

SUBSCRIBE 👉