अकेशालाई चाहियो चोखो माया


Akesha-Bistaग्ल्यामर नेपाल, काठमाडौं ।
म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका युवा निर्देशक निकेश खड्काले डेब्यु निर्देशन गरेको फिल्म ‘जिन्दगी रक्स’ को ‘चोखो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कमल खत्री र श्रेया सोताङको स्वर रहेको गीतमा सौरमराज तुलाधर र अकेशा विष्टले फिचरिङ गरेका छन् । गीतमा कमलकै शब्द र संगीत छ । फिल्मका निर्देशक निकेशले विशुद्ध मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित फिल्मले हरेक मानिसले आफ्नो युवावस्थामा देखाउने व्यवहार र जीवनशैलीलाई ४ युवा कलाकारमार्फत प्रस्तुत गर्न खोजेको बताए । फिल्ममा सोनाम पाख्रिन, ऋचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, विनोद मैनाली, विकी पुलामी र राजेन्द्र खड्गीको समेत अभिनय रहेको छ ।

काठमाडौं, पोखरा र चितवनका रमणीय स्थान र राजमार्गमा छायांकन गरिएको फिल्ममा सुगम पोखरेल, कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सञ्जीत श्रेष्ठको संगीत रहेको छ । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठले निर्माण गरेको फिल्ममा उमेश मर्हजनको द्वन्द्व र हरि हुमागाईको छायांकन छ । चलचित्रको सहनिर्देशन विनोद मैनालीले गरेका हुन् ।

SUBSCRIBE 👉