भूल भूलैयाको संगीत सार्वजनिक


‘फिल्म पराठा जस्तै बनेको छ’ : जीवन लुँइटेल

Jeevan-Luitel-Nita-Dhugana-sohit-manandhar-1ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म निर्देशकबाट निर्माताको ट्याग भिरेका निर्देशक योगेश घिमिरेले निर्देशन गरेको फिल्म ‘भूल भूलैया’को संगीत सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा गीतकार राजेन्द्र थापा, फिल्मका कलाकारहरु जीवन लुँइटेल, नीता ढुंगाना, सोहित मानन्धर, निर्देशक योगेश घिमिरे, कार्यकारी निर्माता निरज ढकाललगायतले संयुक्त रुपमा फिल्मको गीति एल्बम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा फिल्मका संगीतकार बसन्त सापकोटाले संगीत र गायन तथा गीतकार थापाले गीतका बारेमा चर्चा गरेका थिए । अभिनेता जीवनले आफु रोटी हुँदा निर्देशक घिमिरेले त्यसमा अन्य परिकार मिसाएर फिल्मलाई पराठा बनाएको भन्दै निर्देशकको कामको तारिफ गरे । ‘फिल्म साँच्चै नै पराठा जस्तै बनेको छ ।’ उनले भने । अभिनेत्री निताले योगेशसँगको भेटको स्मरण गर्दै उनको कामको तारिफ गरिन् ।

Jeevan-Luitel-Nita-Dhugana-sohit-manandharफिल्ममा आँखैमा अनुहार झ्याप्पै, माया गर्छौ थाहा छ मलाई, माया राम्रो डबल सीम र माया गर्छौ थाहा छ मलाई बोलको गीत छन् । गीतमा प्रल्हाद तिमिल्सिना, मिलन अमात्य, रजिना रिमाल र मल्लिका कार्कीको स्वर रहेको छ भने राजेन्द्र थापा र स्वप्निल बरालको रचना छ । गीतमा बसन्त सापकोटाको सोलो संगीत छ । कार्यक्रममा फिल्मको आँखैमा अनुहार झ्याप्पै बोलको गीतको भिडियो पनि देखाइएको थियो ।

अरुष इन्टरनेशनलको व्यानरमा दिनेशकुमार पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा सुशिल कार्की, सुरेश गौतम र मणिराज दाहाल निर्माता छन् । चैत्र १३ गतेबाट देश र विदेशमा एकसाथ रिलिज हुन भनिएको फिल्ममा शिवम अधिकारीको लेखन, वनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व र बाबु श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉