माइ प्रमिसको प्रचारमा एक्लो रमेश


My-Promiseग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी पौष १८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘माइ प्रमिस’को प्रचारमा अन्य दुई निर्माताले साथ नदिएपछि निर्माता तथा नायक रमेशचन्द्र राई अहिले एक्लै फिल्मको प्रमोसनमा व्यस्त बनेका छन् । दुई निर्माता टंकप्रसाद लिम्बु र नरकुमार लिम्बुको अत्तोपत्तो नभएपछि रमेशचन्द्र आफै फिल्मको काममा दौडिएका हुन् ।

निर्माता तथा नायक रमेशचन्द्रले फिल्म निर्माणको लामो समयसम्म फिल्म रिलिज नहुनुमा दुई निर्माता पनि दोषी रहेको आरोप लगाए । ‘ उनीहरुले फिल्म रिलिज नै नगर्ने अडान लिएका थिए ।’ उनले भने । उनका अनुसार अभिनेत्री केकी अधिकारीसमेत फिल्मको प्रोमोसनमा हिँडेकी छैनन् ।

‘फिल्म प्रमोसनका लागि कलाकार तथा निर्माताले किन साथ दिईरहेका छैनन्, यो कुरा म चाँडै मिडियामा बताउनेछु ।’ उनले भने । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित फिल्मको प्रचारमा स्वयं निर्देशक पनि देखिएका छैनन् । तर समाचार अनुसार सुरज आफ्नो अर्को फिल्मको सम्पादनमा व्यस्त बनेपछि उनले पनि माइ प्रमिसलाई समय दिन सकेका छैनन् ।

SUBSCRIBE 👉