जासुस हुँदा खुशी भए प्रियंका–केकी


Keki-Priyankaग्ल्यामर नेपाल, काठमाडौं ।
हाल छायांकनरत फिल्म ‘हाउ फन्नी’का तस्वीरहरु सार्वजनिक भएको छ । निलु डोमा शेर्पाले निर्देशन गरेको फिल्ममा प्रियंका कार्की र केकी अधिकारीको जासुसी रुपलाई तस्वीरमा प्राथमिकता दिइएको छ ।

फिल्मको शनिवार कुपण्डोलमा छायांकन गरिएको थियो । दयाहाङ राई, प्रियंका र केकीको उक्त दृश्यमा केकी र प्रियंकाले आफुहरु जासुस बन्न चाहेको कुरा दयाहाङलाई व्यक्त गरेका छन् । ‘रमिता (प्रियंका) र पुष्पा (केकी) को सानै देखिको सपना जासुस बन्ने हुन्छ, आफ्नो सपना पुरा भए पश्चात उनीहरु आफ्नो एसपी तेजबहादुर राई (दयाहाङ) लाई भेटन जान्छन्,’निलुले भनिन्,‘जागिरको पहिलो दिन केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्दा उनीहरुको खुसीको सिमा नै हुदैन । रहरले खाएको जागिरले नै उनीहरुको जीवनमा परिवर्तन ल्याई दिन्छ । उनीहरुले एउटा केस पाउछन जसको अनुसन्धान गर्दा उनीहरुको जीवनमा उतार चढाव आउछ ।’

फिल्ममा कार्यकारी निर्माता माल्भिका सुब्बा छिन् भने पटकथा तथा संवाद शान बस्न्यातको रहेको छ । अनुप बिक्रम शाही, शिशिर राणालगायतका कलाकारको समेत अभिनय रहेको फिल्मका छाँयाकार हरि हुमागाई हुन् । फिल्मको छायांकन ३० दिनमा सकिने निर्देशक निलुले बताईन् ।

SUBSCRIBE 👉