अलबिदामा आर्यनका दुई रुप


ग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी पौष २५ गते बाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘अलबिदा’मा अभिनेता आर्यन सिग्देल दुई रुपमा प्रस्तुत हुने भएका छन् । तर उनी दोहोरो भूमिकामा भने हुने छैनन् । फिल्ममा मुस्लिम युवासँगै आर्यन डिएसपीको भूमिकामा देखिँदैछन्।
DSP-Aaryanअभिनेता आर्यनले फिल्मका लागि दुवै रुप आफ्नो जीवनमा पहिलो भएको बताए । ‘फिल्ममा म मुस्लिम र डिएसपीको क्यारेक्टर पहिलो हो,’उनले भने,‘मेरा हरेक फिल्म भूमिकाका लागि नयाँ हुन्छन्, तर ती फिल्म भन्दा अलबिदाको पृथक छ ।’

फिल्मका निर्माता हसनराजा खान हुन्, जो आफै मुस्लिम धर्मका अनुयायी हुन् । तर उनी भने फिल्ममा ब्राम्हण समुदायको प्रतिनिधित्व गरिरहेका छन् । ‘म मुस्लिम समुदायको भए पनि फिल्ममा मेरो रुप त्यसका लागि म्याच भएन,’हसनले भने,‘तर आर्यनको लुक्स मुस्लिमकै जस्तो देखियो, त्यसैले उसलाई त्यो भूमिका दियौं ।’ वास्तविक जीवनमा हसन आर्यनका अत्यन्तै मिल्ने साथी हुन् ।
Aaryan-Newआर्यनले आफु हसनसँग मस्जिदमा जाँदा त्यहाँ आफुलाई मुस्लिम समुदायकै व्यक्तिका रुपमा व्यवहार गर्ने गरेको खुलाए । ‘म मस्जिदमा जाँदा पनि मलाई त्यही रुपमा राम्रो व्यवहार गर्थे, कतिपयले मलाई मुस्लिम नै हो कि भनेर बुझ्दथे,’उनले भने,‘त्यहाँ जाँदा सिकेको कुरालाई मैले फिल्ममा सहज रुपमा उतारेको छु ।’ उनले फिल्ममा डिएसपी बन्नका लागि आठ केजी तौल बढाएको कुरा खुलाउँदै फिल्मको एक्सन आफ्नो करियरमा अहिलेसम्मकै उत्कृष्ठ बनेको प्रतिक्रिया दिए । निर्देशक लक्ष्मण रिजालले फिल्ममा मुस्लिम र हिन्दु पात्र भए पनि त्यसले धर्ममा असर पार्ने काम नगरेको दाबी गर्छन् ।

फिल्ममा अनिता आचार्य, नागेन्द्र रिजाल, मोहन निरौला, पंकजराज जोशी, सुरेश न्यौपाने र शर्मिला खड्कालगायतको पनि अभिनय रहेको छ । केशव घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा हसनको कथा, लक्ष्मण र विशाल सापकोटाको पटकथा, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉