२०१५ मा करण जोहारलाई भ्याईनभ्याई


Karan-Joharबलिउडका फिल्म निर्माता तथा निर्देशक करण जोहारलाई आगामी वर्ष भ्याईनभ्याई हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले सन् २०१५ मा पाँच वटा फिल्म निर्माण गर्दैछन् । सन् २०१२ पछि फिल्म निर्देशनमा नआएका करणले ‘ए दिल है मुस्किल’ नामक अर्को फिल्म निर्देशन गरेर निर्देशनमा कमव्याक गर्दैछन् ।

उनको फिल्ममा रणवीर कपुर, ऐश्वर्या राय बच्चन र अनुष्का शर्मा प्रमुख भूमिकामा देखिनेछन् । यसका अलावा अक्षय कुमारका साथ ‘ब्रदर्श’, रणबीर कपूर र आलिया भट्टको साथमा अर्को फिल्म, सलमान खानसँगको ‘शुद्धि’ र ‘राम लखन’को रिमेकमा करणले समय दिनेछन् ।

SUBSCRIBE 👉