हाउ फन्नीको छायांकन सकियो


Keki-Priyankaग्ल्यामर नेपाल, काठमाडौं ।
गत मंसीर २० बाट छायांकन प्रारम्भ भएको फिल्म ‘हाउ फन्नी’को छायंकन सकिएको छ । फिल्मको छायांकन २५ दिनमा सकिएको हो । निलु डोमा शेर्पाको डेब्यु निर्देशन रहेको फिल्मको ३ गीतको छायांकन अझै गर्न बाँकी रहेको छ । मौसमको कारणले गर्दा तीन गीतको सुटिङ हुन ढिला भएको निर्देशकले बताईन् ।

अन्तिम दिनको छायांकनमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीले इन्डक्ल्याप सर्ट दिएका थिए । फिल्ममा प्रियंका र केकीलाई जासुसको भूमिकामा देख्न सकिन्छ । फिल्मको छायांकन काठमाण्डौ र थानकोटमा गरिएको हो । फिल्मकी कार्यकारी निर्मातामा पूर्व मिस नेपाल माल्भिका सुब्बा रहेकी छन् ।

निलुकै कथा र परिकल्पना रहेको फिल्ममा आङ नुरु शेर्पा(फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माता रहेका छन् । फिल्ममा अनुप बिक्रम शाही, निशा अधिकारी र शिशिर राणालगायतको पनि अभिनय रहेको छ । सान बस्न्यातको लेखन रहेको फिल्ममा सुरेश अधिकारी, शैलेस सिङ, शलेन्द्र श्रेष्ठको संगीत र हरि हुमागाईको छायांकन रहेको छ ।

SUBSCRIBE 👉