मुकेशको प्यार कसलाई


Mukesh-Dhakalग्ल्यामर नेपाल, काठमाडौं ।
चैत्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘धुन’ को नयाँ गीत रिलिज भएको छ । निर्माता सुशिल शाहले आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरेका हुन् । ‘मेरो प्यार’बोलको गीतमा मुकेश ढकालले फिचरिङ गरेका छन् । धुन सांगीतिक कार्यक्रम नामक एक इभेन्टमा उनले गीत गाएको देखाइएको छ । गीतको भिडियोमा जीवन लुईंटेल, नीता ढुंगाना, श्रेया दुलाल, उमावेवी लगायतले साथ दिएका छन् ।

गीतमा स्वरुपराज आचार्यको स्वर छ भने संगीत र शब्द लक्की सिटौलाको रहेको छ । यसअघि सार्वजनिक भएको ‘केहि पल’ बोलको गीतले बजारमा राम्रो चर्चा र दर्शक र श्रोताको राम्रो साथ पाईरहँदा सार्वजनिक यो गीतले पनि राम्रो साथ पाउनेमा निर्देशक कृष्ण पौडेल आशावादी छन् ।

मालती शाह प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन भट्टराईको लगानी छ ।

SUBSCRIBE 👉