शोको रकम बढाउँदै कपिल शर्मा


Kapil-Sharma-Said-Sorry-to-Nepalबलिउड कमेडियन कपिल शर्मा आफ्नो कमेडी शोको लागि चर्चित छन् । यही लोकप्रियताका कारण उनले लाइभ शोका लागि निकै मोटो रकम लिने गरेका छन् ।

हालै उनले एक सोलो लाइभ शोका लागि ७५ लाख रुपैंयाँ मागेका छन् । कपिलले मोटो रकम मागेपछि आयोजकलाई पनि उक्त बजेट पु¥याउन धौधौ परेको छ । आयोजकहरु धेरै प्रायोजक खोज्न तिर लागेका छन् । पछिल्लो पटक उनले उत्तर प्रदेशको एक शोका लागि उनले ६५ लाख रुपैंयाँ लिएका थिए, जहाँ उनको पुरै टिमको सहभागिता थियो । कपिलले शोको पैसा बढाउन थालेपछि आजकल कार्यक्रम आयोजकलाई पनि निकै हम्मे पर्ने गरेको छ । पछिल्लो पटक उनले दुबईमा शो गर्दा दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको थियो ।

चाँडै नै शोका लागि मलेशिया जान लागेका कपिललाई भारत र विदेशबाट शो गर्ने अफरहरु धमाधम आउन थालेका छन् ।

SUBSCRIBE 👉