सञ्जयसँग सहकार्य गर्दै हिरानी


Sanjay-Hiraniआफ्नो १२ वर्षको करियरमा चार सफल फिल्म निर्माता विनोद चोपडासँग बनाएका निर्देशक राजकुमार हिरानीले अब अन्य प्रोडक्सन हाउससँग काम गर्ने भएका छन् । अभिनेता सञ्जय दत्तको बायोपिक बनाउन लागेका उनले सञ्जयकै व्यानरमा फिल्म निर्देशन गर्नेछन् ।

हालसम्म सबै फिल्ममा हिरानीले विधु विनोद चोपडासँग सहकार्य गर्दै आएका थिए । तर सञ्जयको जीवनमा आधारित बन्ने नयाँ फिल्ममा पहिलोपटक विधुको साथ छोड्दैछन् हिरानी । केही दिन अघि जेलबाट छुट्टी पाएका सञ्जयसँग हिरानीले त्यही मौकामा गोप्य बैठक बसेका थिए । जेलबाट छुटेपछि सञ्जयले हिरानीलाई आफ्नो जीवन कहानी बताएका थिए ।

सञ्जयसँग दोस्ती बढे पनि हिरानीको सम्बन्ध भने विनोदसँग नबिग्रिने बताइएको छ । हिरानीलाई बलिउडमा ल्याउने श्रेय विधुलाई नै जाने गरेको छ । हिरानी निर्देशनमा आउनु अघि विज्ञापनको सम्पादन गर्दथे । विधु र हिरानीको भेट फिल्म ‘मुन्नाभाई एमबीबीएस’मार्फत भएको थियो ।

SUBSCRIBE 👉