कट्रिनाले गरिन इन्गेजमेन्ट अस्विकार | दिपिकाको रणवीर कपुरसँग बिबाह गर्ने इच्छा


Deepika Padukone | Ranbir Kapoor

Deepika Padukone | Ranbir Kapoor

दीपिका पादुकोणले केहि दिन अघि एक कार्यक्रममा कट्रिना कैफलाई आफ्ना पूर्व प्रेमी रणवीर कपुरसँग बिबाह नगर्न सल्लाह दिएकी थिइन। दीपिका पादुकोणको यो अभिव्यक्तिको भारतीय फिल्मी बजारमा निकै चर्चा परीचर्चामा भयो। तर हाल दीपिकाले आफ्ना पूर्व प्रेमी रणवीर कपुरसँग बिबाह गर्ने इच्छा ब्यक्त गरेर सबैलाई आश्चर्य चकित पारेकी छिन्।

हालै आयोजित एक अवार्ड कार्यक्रममा दीपिकालाई पत्रकारहरुले सोधे – “यदि तपाई कट्रिना कैफ हुनुभएको भए तपाईले नयाँ बर्षको योजना कस्तो बनाउनु हुन्थ्यो ?” दीपिकाले प्रश्न पुरा हुन नपाउदै भनिन – “म रणवीर कपुरसँग बिबाह गर्थैं।” हाल रणवीर सिंहसंग रोमान्स डेटमा मस्त दीपिकाको मन पूर्व प्रेमी रणवीर कपुरका लागि पग्लिएको छ।

कट्रिनाले इन्गेजमेन्ट अस्विकार गरिन

Katrina Kaif | Ranbir Kapoor

Katrina Kaif | Ranbir Kapoor

कट्रिना कैफले रणवीर कपुर सँग आफ्नो इन्गेजमेन्ट भएको खबर अस्विकार गरेकी छिन्। भारतीय संचारमाध्यमहरुले कट्रिना र रणवीरले लण्डनमा इन्गेजमेन्ट गरेको दावी गर्दै समाचार प्रकाशित गरेका थिए। कट्रिनाको हातमा देखिएको औंठी रणवीरले लगाइदिएकेा अनुमान गरिएको थियो। तर, त्यो औंठी इन्गेजमेन्टको नभएको उनको प्रबक्ताले बताएका छन्। उनले भने – ‘लण्डनमा कट्रिनाको इन्गेजमेन्ट भएको छैन। यो केवल हल्ला मात्रै हो।’

रणबीर कपुर र कट्रिना कैफले आफुहरुको सम्बन्ध नरहेको बताउदै आएका छन्। उनीहरुले आफ्ना साथीहरुसँग पनि आफ्नो सम्बन्ध नरहेको दाबी गर्ने गरेका छन्।

SUBSCRIBE 👉