नेपाली नायिकाहरुको विवाह योजना


Nepali-Heroins-Glamour-Nepal
माघ लाग्यो। यो महिनाको पछिल्लो दुई सातामा विवाहका लगन धेरै छन्। गत वर्ष धेरै कलाकारले लगनगाँठो कसे। विवाहको लहर चलेको छ। नेपाली चलचित्रका अविवाहित अभिनेत्रीको विवाह योजना र धारणा के छ?

Ashishma-Nakarmi

Nepali Actress Ashishma Nakarmi

योग्य मान्छे भेटेको छैन : अशिष्मा नकर्मी
विवाहका बारेमा ठ्याक्कै परिभाषा दिन गाह्रो छ। यो एउटा सामाजिक संस्कार हो। तिमीमा सामाजिक उत्तरदायित्व सुरु भयो भनेर दिइने प्रमाणपत्र हो।
विवाह भएको देख्दा मलाई मानिस उत्तरदायी भएछन् जस्तो लाग्छ। विवाहको सिजन सुरु भएपछि हजुरआमा यसपालि यसको बिहे गरिदिनुपर्छ भन्न थालिहाल्नुहुन्छ।
बुवाआमालाई भने मैले सम्झाइसकेको छु ” पहिले करिअर बलियो बनाउने, त्यसपछि बिहे गर्ने।” अहिलेसम्म योग्य मान्छे भेटेको छैन। मलाई विवाहितका रूपमा देख्न अझै केही वर्ष लाग्छ।

 

actress-keki-adhikari-photo

Nepali Actress Keki Adhikari

लगन जुराउनु पर्दैन : केकी अधिकारी
मलाई विवाहप्रति विश्वास लाग्ने भएकाले यो संस्कारलाई सम्मान गर्छु। विवाहको सिजन आएको छ। विवाहका लागि दुईजनाको मन मिल्छ भने लगन जुराउनु र साइत हेर्नुपर्छजस्तो लाग्दैन। आमाहरू साइत हेरेरे बिहे गर्नुपर्छ भन्नुहुन्छ।

विवाह भनेको दुई व्यक्तिको मिलन हो। त्यसमा एकअर्काको कमीकमजोरी पनि स्वीकारिएको हुन्छ। विवाह भएको देख्दा मलाई मानिस परिपक्व भक्कजस्तो लाग्छ। मेरोबारे भन्नुपर्दा पढाइ र करिअर अहिलेको प्राथमिकता हो। अझै चारपाँच वर्ष विवाह सम्भव छैन।

 

Benisha-Hamal

Nepali Actress Benisha Hamal

कुरा चल्न थालेको छ : बेनिशा हमाल

मानिस जन्मिएपछि जीवनमा विभिन्न प्रक्रिया पार गर्नुपर्छ। विवाह पनि जीवनको एउटा प्रक्रिया र आवश्यकता हो। विवाह नगरी पनि कतिपयले जीवन सुखद रूपमा अघि बढाइरहेका छन्। उमेर बढ्दै गएपछि विवाहको चर्चा त चलिहाल्छ। मेरो पनि घरपरिवारमा कुरा चल्न थालेको छ।

विवाहको सिजनमा दबाब अलि बढी नै हुन्छ। म स्नातकोत्तर तहको अन्तिम परीक्षाको तयारीमा छु। अर्को वर्ष त्यो पूरा हुन्छ। करिअर पनि विकास गर्दैछु। त्यसैले अझै तीनचार वर्ष मेरो बिहे हुँदैन।

 

reema-biswokarma

Nepali Actress Reema Bishwokarma

तुरुन्तै विवाह हुनसक्छ : रिमा विश्वकर्मा
विवाहका बारेमा मैले सोच्नै भ्याएको छैन। उमेरै पुगेको छैनजस्तो लाग्छ। अरूको विवाह भएको देख्दा म त सानै छुजस्तो लाग्छ। मेरो बुझाइमा विवाह सुन्दर सम्बन्ध हो। अको व्यक्तिसँग हाँसो, आँसु, पीडा, खुसी बाँडेर बाँच्ने सम्बन्ध सुन्दर हुनुपर्छ पनि। विवाह योजना गरेर हुने होइन। विवाह गर्न योग्य मान्छे पनि पाउनु पर्‍यो।

जीवन बिताउन सकिन्छ भन्ने व्यक्ति भेट्टाएँ भने आजको भोलि तुरुन्तै विवाह हुन पनि सक्छ। छोरी मान्छे २० वर्ष नाघेपछि विवाहको कुरा चल्छ नै। मेरो पनि चलिरहेको छ। यसलाई सामान्य रूपमा लिन्छु।

 

Reecha-Sharma

Nepali Actress Reecha Sharma

विवाहका लागि उमेर पुग्यो: ऋचा शर्मा
हाम्रो परिवारमा दिदीको २२/२३ वर्षको उमेरमा बिहे गर्ने चलन थियो। तर, अहिले करिअर नबनाई र कम्तीमा पढाइ पूरा नगरी विवाह गर्नु हुँदैन भन्ने महसुस सबैलाई भएको छ। मलाई पनि त्यही लाग्छ। आफू सक्षम भएपछि नयाँ परिवार बसाउने बाटो विवाह नै हो।

त्यसैले अब विवाह गर्ने उमेर २८/२९ वर्ष भएको छ। म त्यो उमेर छेउछाउ भएकाले उमेर त पुग्यो। तापनि यो माघमा पक्कै विवाह हुँदैन। मलाई जाडोभन्दा गर्मी मन पर्छ। माघदेखि जाडो कम हुन्छ। सायद अब दुईतीन वर्षपछि मेरो विवाह होला।

 

– अन्नपुर्ण पोस्टबाट साभार गरिएको

SUBSCRIBE 👉