फिल्म निर्माणमा करिश्माको कमब्याक

Karishma-Manandhar-Glamour-Nepalग्ल्यामर नेपाल, काठमाडौं ।
लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर १२ वर्षपछि फिल्म निर्माणमा होमिएकी छिन्। करिश्माको लगानी रहने फिल्म ‘फागु’को आइतबार राजधानीमा औपचारिक घोषणा गरिएको छ। उनले अन्तिम पटक ‘बाबुसाहेब’ बनाएकी थिइन्। बिग बजेटको यो फिल्म फ्लप भएपछि उनी अमेरिका पलायन हुनुपरेको थियो।

करिश्माको डि्रम प्रोजेक्ट मानिएको ‘फागु’को निर्देशनको कमाण्ड सम्झना उप्रेती रौनियारले सम्हाल्नेछिन्। सम्झनाले यसअघि सांगीतिक फिल्म ‘मेघा’ निर्देशन गरेकी थिइन्। जीवनका विविध रंगीन पलहरुलाई प्रतिकात्मक बनाएको फिल्मको शिर्ष भूमिकामा शिल्पा पोखरेललाई देख्न पाइनेछ। नव-अभिनेताको रुपमा करिश्माले सुवास पराजुलीलाई भित्र्याएकी छिन्।

शिल्पा र सुवासका अलवा बसन्त भट्ट र गौरी मल्लको पनि अभिनय रहनेछ। करिश्मा फिल्ममा देखिने वा नदेखिने भन्ने विषयमा भने केही खुलाइएको छैन। हालै ग्ल्यामर नेपालसँगको कुराकानीमा उनले आफू खेल्ने वा नखेल्ने कुरा रहस्यमै रहन दिन आग्रह गरेकी थिइन्।

फागुनको पहिलो साताबाट फ्लोरमा जाने फिल्मलाई रामशरण उप्रेतीले खिच्दैछन्। हिमाल केसीको एक्सन, बनिष शाहको सम्पादन र कमल राईको कोरियोग्राफी रहनेछ।

Karishma-Manandhar-Fagu-the-colours-of-life

SUBSCRIBE 👉