अष्ट्रेलियामा अधकट्टी हाउसफुल !!


ग्ल्यामर नेपाल, काठमाडौं ।
बहुप्रतिक्षित फिल्म ‘अधकट्टी’ साँच्चैमा बहुप्रतिक्षित साबित हुने लक्षण देखिएको छ। सिड्नीको इभेन्ट सिनेमामा फेब्रुअरी १ तारीखमा हुन लागेको फिल्म ‘अधकट्टी’को बिशेष सोको सम्पूर्ण टिकट विक्रि हुन लागेको त्यहाँस्थित ‘अधकट्टी’की निर्मात्री अर्चना थापाले बताएकी छिन्।

Adhkatti ५०० दर्शक क्षमताको हलमा ‘अधकट्टी’को पहिलो वल्र्ड प्रिमियर सो हेर्नका लागि चारसयभन्दा बढि टिकटहरु बिक्रि भैसकेको र अझै बिक्रि बढ्ने उनले ग्ल्यामर नेपाललाई बताएकी छिन्। निर्मात्री थापाका अनुसार ५०० सिट क्षमता भए पनि चालिस सिट पर्दाको नजिक रहेकाले सिडनीका नेपाली फिल्मका दर्शकका लागि अगाडिका चालिस सिट छाड्नु पर्ने योजना रहेको थियो, तर अन्तिम दिनसम्ममा ती चालिस सिटका टिकट पनि बिक्रि हुने लक्षण देखिएको छ।

“तिम्रो फिगर कोकाकोला” भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

कमेडी जनराको फिल्म ‘अधकट्टी’को दोश्रो गीत ‘तिम्रो फिगर कोकाकोला’लाई युट्युबमा रिलिज गरिएको २४ घण्टा पनि नबित्दै फिल्म हेर्ने उत्साह वृद्धि भएको उनले बताएकी छिन्। सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्म २०१५ फेब्रुअरी १ मा सिड्नीमा प्रिमियर हुन लागेको हो।

फिल्मका निर्माता प्रदीपकुमार उदयका अनुसार अष्ट्रेलियामा रहेको सिनेमा क्लबले फिल्म प्रदर्शन गर्न लागेको हो। फिल्मका लागि अष्ट्रेलियाली निर्माता अर्चना थापाले प्रिमियरको चाँजोपाजो मिलाएको उदयले बताए।

“ओए ओए… आई एम इन लभ” भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ। फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ। फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ। सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र सुरेन बसेलको नृत्य छ।

“अधकट्टी” सबै गीतहरु सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉