अष्ट्रेलियाको मेलवर्नमा ‘जेरी’, सिड्नीमा ‘अधकट्टी’


anmol-kc-6ग्ल्यामर नेपाल, काठमाडौँ ।
अष्ट्रेलियाको मेलवर्नमा नेपाली चलचित्र “जेरी” प्रदर्शन हुने भएको छ। फेब्रुअरी १ तारिखका दिनमा बेलुकी ६ बजे मेलवर्न इस्टोनियन हाउसमा विशेश सो हुने भएको हो। मुनसन इभेन्टको आयोजनामा चलचित्र “जेरी” को प्रदर्शन हुनलागेको रुपेश प्रधानले बताएका छन्।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा अनमोल केसी, अन्ना शर्मा आदिले अभिनय गरेका छन्। फ़ाल्कोन पिक्चर्सको ब्यानरमा निर्मित चलचित्र जेरिलाई नेपाली बजारमा अत्यधिक रुचाइएको थियो। सो चलचित्रलाई अष्ट्रेलियाका दर्शकले पनि मनपराउने आयोजकले विश्वास लिएका छन्।

Adhakattiयसै गरि सिड्नीको इभेन्ट सिनेमामा सोहि मितिमा चलचित्र ‘अधकट्टी’को बिशेष प्रिमिएर सो हुँदैछ। अष्ट्रेलियामा रहेको सिनेमा क्लबले फिल्म प्रदर्शन गर्न लागेको हो। सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्रलाई प्रदीपकुमार उदयले निर्माण गरेका हुन्। फिल्मका लागि अष्ट्रेलियाकि निर्माता अर्चना थापाले प्रिमियरको चाँजोपाजो मिलाएकि हुन्।

चलचित्रले बेरोजगार युवाको कथालाई बोल्ने छ। विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको चलचित्रमा अभिनय रहेको छ भने नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ।

SUBSCRIBE 👉