सर्ट फिल्ममा अमुर्त उत्कृष्ठ


Winner-Photoग्ल्यामर नेपाल, काठमाडौं ।
विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस, नेपालले हरेक वर्ष आयोजना गर्ने ६० सेकेण्ड सर्ट फिल्म फेस्टिभल बिहीवार राजधानीमा सम्पन्न भयो । अन्तिम प्रतिस्पर्धाका लागि छानिएका ६५ वटै फिल्म फेस्टिवलमा देखाइएको थियो । फिल्म प्रदर्शन पश्चात निर्णायक मण्डलले छनौंट गरेका पहिलो अमुर्त (निर्देशक गोपाल त्रिताल), दोस्रो चुङ्गी (निर्देशक डायमोण्ड उप्रेती) र तेस्रो हुने टक्सिक टेररिजम (निर्देशक हिरन श्रेष्ठ) फिल्महरुले क्रमश २५ हजार, १५ हजार र १० हजार प्राप्त गरे । त्यसैगरी जुरी अवार्ड अवार्ड लाइफ फाइल (निर्देशक दिकेश खड्गी शाही) र भोटिङमा सवैभन्दा बढी मत प्राप्त गरेको एक सोच (निर्देशक नवविजय श्रेष्ठ) फिल्मलाई पब्लिक चोइस अवार्ड प्रदान गरियो । यी दुवै विजेताले नगद पुरस्कार १० हजार प्राप्त गरे ।

आफू वरपरका समसामयिक विषय लिएर युवालाई लक्षित गरि आयोजना गरिएको फेस्टिवलका लागि गत पुष १६ सम्ममा विभिन्न विधाका ६० सेकेण्ड अवधि भएका छोटा फिल्महरु बुझाउन आह्वान गरिएको थियो । करिव ४ महिना समय दिएर आह्वान गरिएको फेस्टिभलमा देश भित्रबाट राजनीति, गरिवी, विभेद, द्धन्द्ध, बेरोजगार, वातावरण, चाडपर्ब, कला, संस्कृति, पर्यटन, शिक्षा, फिक्सन, अपाङ्गता, कृषि, ब्यङ्ग्य, एनिमेसन लगायत देशको विविधता÷समस्याहरु झल्कने फिल्महरु प्राप्त भएका थिए । यस फेस्टिभलमा मोवाइल तथा कुनै पनि किसिमका क्यामेरा प्रयोग गरि आफुलाई मन लागेको समाजिक विषयमा बनाइएको चलचित्र सहभागी हुन सक्छन् ।

“कार्यक्रमको मुल उदेश्य युवाहरुलाई आफ्नो समाज चिन्ने मौका दिनु हो । यस बहानामा धेरै युवाहरुले समाजका गंभिर र महत्वपुर्ण मुद्धा उठाएका छन् । आजका युवा के सोच्छन् भन्ने बुझ्नलाई यो फेस्टिभल हाम्रा लागि ऐना जस्तै भएको छ,” कार्यक्रम आयोजक संस्थाका कार्यकारी निर्देशक तथा पत्रकार दिलभूषण पाठकल भने ।

पाँच सदस्यीय जुरी (निर्णायक मण्डल) मा वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार नीर शाह, चलचित्र नायक राजेश हमाल, कलाकार सुजन चित्रकार, कलाकार तथा बंैकर रविना देशराज श्रेष्ठ, चलचित्र समीक्षक दिपेन्द्र लामा थिए ।

SUBSCRIBE 👉