कतारमा कम्मर मर्काउँदै खुस्बु


khusbu-khadkaग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी माघ २३ गते कतारमा हुन लागेको सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन नायिक तथा मोडल खुश्बु खड्का जाने भएकी छन् । कतारका एनआरएनले आयोजना गर्ने कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्नेछिन् ।

म्युजिक भिडियोको मोडलिङबाट अभिनयमा करियर बनाएकी खुश्बु अभिनित फिल्म ‘सुकुलगुण्डा’ हाल पोष्टप्रोडक्सनमा छ । उनी यतिबेला साहिमा श्रेष्ठको स्वरमा रहेको ‘तिमी बोल मिठामिठा कुरा म सुनिरहन्छु’को म्युजिक भिडियोमा मोडलिङ गरेपश्चात थप चर्चामा आएकी छन् ।

उनले फिल्म ‘गोरे’को आइटम गीतमा पनि उनले नृत्य गरेकी छन् । उक्त गीत रिलिज पश्चात आफ्नो करियरमा थप टेवा पुग्ने उनको विश्वास छ ।

SUBSCRIBE 👉