हँसिया पछि मिलनको ह्याप्पी डेज


milan-chams-hasiyaग्ल्यामर नेपाल, काठमाडौं ।
डेब्यु एक्सन प्रधान फिल्म ‘हँसिया’ निर्देशन गरेर चर्चामा आएका निर्देशक मिलन चाम्सले पुनः अर्को फिल्म ‘‘ह्याप्पी डेज’ निर्देशन गर्ने भएका छन् । आफ्नै व्यानर चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र भट्टको लगानी हुनेछ ।

चर्चित कोरियोग्राफर रेनशा वान्तवा राईको कथा रहने फिल्ममा पटकथा तथा संवाद चाहिँ गणेशदेव पाण्डेको हुनेछ । रेनाशाका अनुसार फिल्म विशुद्ध प्रेमकथाको हुनेछ ।

निर्देशक राईले फिल्मको छायांकन बेलायत, स्कटल्याण्ड र बेल्जियममा हुने बताए । उनका अनुसार फिल्मका कलाकार फाइनल नभए पनि स्टार भ्यालु भएका कलाकारलाई फिल्ममा स्थान दिइनेछ ।

फिल्मका लागि नेपालबाटै कलाकार तथा प्राविधिक लगिनेछ । फिल्मको बजेट झण्डै डेढ करोड हुनेछ भने छायांकन जुन ४ बाट हुनेछ ।

SUBSCRIBE 👉