नेपालमा देखिए मुग्धा र रुस्लान


ग्ल्यामर नेपाल, काठमाडौं ।
पछिल्लो समयमा नेपालमा बलिउडका अभिनेता र अभिनेत्रीहरु फिल्म सुटिङ होस् या यहाँ हुने विभिन्न कार्यक्रमका लागि होस् नेपाल आउने क्रम बढाईरहेका छन्।

यसै क्रममा फिल्म ‘फेसन’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री मुग्धा गोड्से र ‘एमपी३–मेरा पेहला पेहला प्यार’का डेब्यु अभिनेता रुस्लान मुम्ताज एक फिल्मको लागि हाल काठमाडौंमा छन्।

Mugdha Godse & Ruslaan Mumtaz in Nepal

Mugdha Godse & Ruslaan Mumtaz in Nepal

उनीहरुले आफै नेपालमा घुमेको तस्वीर ट्वीटर र इन्स्टाग्राममा राखेका छन्। समाचार अनुसार उनीहरु पोखरा र जोमसोमको यात्रामा पनि जानेछन्। मुम्ताजले मुग्धासँग बौद्ध स्तुपामा खिचेको तस्वीर इन्स्टाग्राममा राखेका छन् । उनले नेपालको सुन्दरताको तारिफ गर्दै तस्वीर राखेका हुन्।