डान्स चितवन डान्समा ‘अझै पनि’


Ajhai-Paniग्ल्यामर नेपाल, काठमाडौं ।
फागुन १५ मा देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘अझै पनि’ले प्रचारप्रसार अभियानलाई तिब्र पारिरहेको छ । यसै क्रममा फिल्मले सोमवार चितवनकै सबैभन्दा ठुलो रियालिटी शो ‘डान्स चितवन डान्स’मा आफ्नो सहभागिता जनायो ।

‘डिसिडि’को ग्राण्ड फाईनल कार्यक्रममा फिल्म निर्माता पुनम गौतम, नायक तथा निर्माता सुदर्शन थापा, नायिका पुजा शर्मा र गायक तथा संगीतकार हरि लम्सालले सहभागिता जनाएका थिए । कार्यक्रममा गायक लम्सालले फिल्मको चर्चित गीत ‘प्रेम दिवस’ गाउँदा दर्शकले पनि साथ दिएका थिए ।

निर्माता गौतमले आफु पनि चितवनकी छोरी रहेको बताउ“दै चितवनवासीलाई फागुन १५ मा फिल्म हेर्नका लागि आग्रह गरिन्। नायक तथा निर्माता थापाले फिल्म सामाजिक कथामा बनेको बताए । उनले फरक पहिचान र उत्कृष्ट काम दिन सफल निर्देशक आलोक नेम्वाङको अन्तिम फिल्म रहेकाले हरेक नेपालीले एकपटक हेर्नुपर्ने दाबी गरे । नायिका शर्माले फागुन १५ मा सबैजना फिल्म हेर्न आउने विश्वास रहेको बताउ“दै गर्दा कार्यक्रम हलमा उपस्थित सबैले सहमति जनाएका थिए ।

फिल्ममा सुरÔा पन्त, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा बनाएको यो फिल्म सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा बनेको हो ।

गायक रामकृष्ण ढकाल, हा“स्यकलाकार जितु नेपाल, निर्माता गृहेन्द्र घिमिरे, गायक तथा संगीतकार टंक बुढाथोकी लगायतका संगीतकर्मी तथा कलाकारको उपस्थितिमा भएको प्रतियोगितामा १४ वर्ष मुनिको विधामा एञ्जिलिना बराईली र १४ वर्ष माथिको विधामा अस्मिता सेञ्चुरीले उपाधि जितिन् । प्रतियोगिता सोसिजेनस मिडिया प्रालिले आयोजना गरेको हो ।

SUBSCRIBE 👉