प्रचारको नयाँ फर्मुलामा होस्टेल रिटर्नस


Hostel-Returnsग्ल्यामर नेपाल, काठमाडौं ।
प्रचारप्रसारमा नयाँ शैली अपनाउँदै आएको फिल्म ‘होस्टेल रिटन्र्स’ले उपत्यका बाहिर हुन लागेको ‘यात्रा २०१५’ नामक कन्सर्टमा सहभागिता जनाउने भएको छ । दुर्गिश फिल्मस्को व्यानरमा सुनिल रावलको निर्माण र सुरज भुषालले निर्देशन गरेको फिल्म वैशाख २५ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

निर्माता सुनिलका अनुसार प्रदर्शनका लागि ३ महिना भन्दा बढि समय बा“की रहँदादेखि नै फिल्म युनिटले प्रचारप्रसारलाई आक्रामक बनाउने योजना अनुरुप सांगीतिक कार्यक्रममा सहभागिता जनाउन लागिएको हो । बिटुएच इभेन्टले फाल्गुन २ गते हेटौडा, फाल्गुन ५ गते नारायणी नदी किनार चितवन र फाल्गुन ७ गते बुटवलमा कन्सर्ट गर्दैछ ।

कन्सर्टमा चितवनको द स्याडोज ब्याण्ड, लाहुरे, रक एन रोल ब्यान्ड, रविन तामाङको ब्यान्डलगायतका कलाकारको प्रस्तुति रहनेछ । फिल्मले इञ्जिनियरिङ अध्ययन गर्न होस्टेल बस्ने विद्यार्थीको कथालाई प्रस्तुत गर्नेछन् । फिल्ममा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्का र प्रदीप चौधरीलगायतको अभिनय रहेको छ । दुर्गिश व्यानले यसअघि ‘सायद’ र ‘होस्टेल’ जस्ता चर्चित फिल्म यसअघि नै दर्शकलाई दिईसकेको छ ।

SUBSCRIBE 👉