राजधानीमा चलचित्र पार्सलको शुभ साईत


nepali-movie-parcel

लाहुरेले आफ्नी मायालुलाइ बिदेश बाट पठाएको पार्सल बिच बाटोमा साटासाट हुँदा हुने उतार चढाव लाइ प्रस्तुत गरीने चलचित्र ‘पार्सल’को शुभमुहुर्त गरी छायांकन शरु गरिएको छ। पत्रकार एवं चलचित्रकर्मिको उपस्थितिमा भद्रकालीमा चलचित्रको यूनिटले पुजा गरी बागबजारमा रहेको ‘सिटि म्याक्स’मा शुभमुहुर्त गरिएको थियो।

निर्माता संघका अध्यक्ष राजकुमार राइले नरीवल फोडेर र कलाकार संघका अध्यक्ष नवल खड्काले एक्सन कट गरेर चलचित्र को शुभ साईत गरिएको थियो। शुभ साईत सट मा चलचित्रका नायक प्रभु श्रेष्ठ र नायीका श्रृजना लिम्वुले अभिनय गरे।

nepali movie parcelचलचित्र पार्सललाइ रबिन श्रेष्ठले निर्देशन गर्दैछन्। किशोर सम्बाहाम्फेको प्रस्तुति एव दक्षकुमार राइको निर्माण रहेको चलचित्रमा आयूष रिजाल , निता ढुंगाना बिक्रम सिं , प्रेम सुव्वा , मनोज शाक्य , हेम राइ लगायतका कलाकारको अभिनय रहने छ। कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले चलचित्र ३५ दिनमा छायांकन सकिने जानकारी गराए। चलचित्रको छायांकन काठमाण्डौ , धरान , कोशि व्यारेज , इलाम , ताप्लेजुङमा ३८०० मिटर उचाइ माथि रहेको पाथिभरा मन्दिर सम्म छायांकन गरिने भएको छ।

चलचित्रका गितमा बिकाश चौधरीको संगित रहेको छ भने गीत दयाराम पाण्डेले लेखेका हुन्। चलचित्रलाइ यूवराज राइले छायांकन गर्नेछन भने सानु कुमार महर्जनको द्धन्द निर्देशन रहेको छ। रोशनि चलचित्र प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्र को कथा पटकथा तथा संवाद चलचित्रका नायक प्रभु श्रेष्ठले लेखेका हुन्।

SUBSCRIBE 👉