फिल्मकर्मी र पत्रकारलाई फिल्मीबजारको सम्मान


Laxmi-BHuwanग्ल्यामर नेपाल, काठमाडौं ।
मनोरञ्जन सम्बन्धी अनलाइन पत्रिका फिल्मीबजार डटकमले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर फिल्मकर्मीसहित सञ्चारकर्मीलाई सम्मान गर्ने भएको छ ।

फिल्मीबजारले आगामी फागुन ११ गते सोमबार ‘चलचित्रकर्मी सम्मान समारोह २०७१’ मार्फत फिल्म ‘बदलिदो आकाश’ बाट फिल्म उद्योगमा निर्देशकको रुपमा प्रवेश गरेका अग्रज फिल्म निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफ टाइम अचिभमेन्ट एवार्ड’ र पहिलो नायिका भुवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’ प्रदान गर्न लागेको हो ।

Bidur-Prakashपत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक श्यामसुन्दर गिरीका अनुसार कार्यक्रममा ९ वर्षे फिल्म निर्देशक सौगात विष्टलाई ‘प्रोत्साहन सम्मान’, नायिका शिल्पा पोखरेललाई ‘नवप्रतिभा सम्मान’, फिल्म वितरक नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’, छाँयाकार मञ्जुकुमार श्रेष्ठलाई ‘प्राविधिक सम्मान’ फिल्म पत्रकारद्वय प्रकाश सुवेदी(टेलिभिजन) र विदुर गिरी(पत्रिका) लाई ‘चलचित्र पत्रकारिता सम्मान’ बाट सम्मानित गरिनेछ ।

यसैगरी कार्यक्रममै अनलाइन तर्फ पत्रकार सुमन गैरेलाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’बाट पनि सम्मानित गरिनेछ ।

SUBSCRIBE 👉