चकलेटको ट्रेलर र गीत सार्वजनिक


Pujana-Pradhan-Chocolateकाठमाडौं । पुजना फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको फिल्म ‘चकलेट’ले राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर र चार गीत सार्वजनिक गरेको छ । निर्माता तथा चर्चित हाँस्य कलाकार निर्मल शर्माको डेब्यु निर्देशन रहेको फिल्मले सडक बालबालिकाको कथालाई प्रस्तुत गरेको छ ।

कार्यक्रममा फिल्मकी निर्मात्री तथा अभिनेत्री पुजना स्त्रीले फिल्मले सडकमै आफ्नो सारा जीवन सुखदुःखमा बाड्दै सडककै जीवनमा संसार देख्ने र सुखदुःख मनाउन चाहनेको कथालाई उजागर गरेको बताईन् । निर्देशक शर्माले फिल्मले सम्पन्न र विपन्न वर्गबीचको अन्र्तद्वन्द्वलाई पनि प्रस्तुत गरेको जनाए ।
Pujana-Pradhan-Chocolate-1

फिल्ममा पुजनासँगै डा.आयुस्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, सुमन गैरे, केशव भट्टराई, कमल मैनाली, सुनिता ठाकुर, निरुपा गर्तौला, दीपकराज पाठक, केशवराज पौडेल र कुमार श्रेष्ठसँगै ९ बच्चाहरुले अभिनय पनि अभिनय गरेका छन् । पुजनाकै कथा, पटकथा र संवाद रहेको फिल्ममा प्रसन्न पौडेल, बब्बु थापाको नृत्य, शिखर सन्तोष, अर्जुन पोखरेल र रायन कार्कीको संगीत, कुमार महर्जनको द्वन्द्व र सुदीप बरालको छायांकन रहेको छ । फिल्मको रिलिज मिति तोकिएको छैन ।

SUBSCRIBE 👉