मृगौला पीडितका लागि भीमदत्तको च्यारिटी


Bhimdutta-Movieकाठमाडौं । खोटाङका एक मृगौला पीडितको सहयोगार्थ बिहीबार राजधानीमा फिल्म ‘भीमदत्त’को च्यारिटी शो गरिएको छ । नवल खड्काको प्रस्तुति रहेको फिल्मको यो ८३ औं च्यारिटी हो ।

सुदुरपश्चिमका किसान आन्दोलनका अगुवा भीमदत्तको जीवनीमा तयार पारिएको फिल्म प्रजातन्त्र दिवसका अवसर परोर च्यारिटी गरिएको निर्देशक हिमग्याप टासी लामाaले बताए ।

राजधानीको कुमारी हलमा गरिएको च्यारिटी शोमा फिल्म हेर्नका लागि पूर्व मन्त्री तथा माओवादी नेता खड्गबहादुर विश्वकर्मा, पूर्व सभासद सीता पहाडीसहित विभिन्न फिल्मकर्मी तथा पत्रकार पुगेका थिए ।

फिल्ममा शीर्ष भूमिकामा नवल रहेका छन् भने सुमिना घिमिरे, सञ्जय खतिवडा, कविता शर्मा, रमेश बुढाथोकी र श्यामसुन्दर पुडासैनीलगायतका कलाकारको अभिनय पनि फिल्ममा हेर्न पाईन्छ । फिल्म फागुन २२ गतेबाट अल नेपाल रिलिज हुँदैछ । फिल्मले नेपालको वर्तमान राजनीति प्रति कटाक्ष गरेको छ ।

SUBSCRIBE 👉