आलोक नेम्वाङ्लाई सम्झंदै भक्कानिए लेखक पाठक


काठमाण्डौ । फागुन १५ गतेबाट मुलुकभर प्रर्दशनको तयारी गरिरहेको चलचित्र ‘अझै पनि’को बारेमा कुराकानीको क्रममा चलचित्रका लेखक रामशरण पाठक भक्कानिए। स्व. निर्देशक आलोक नेम्वाङ्लाई सम्झिँदै उनि भावुक भएका थिए।
Ram-Sartan-Pathakचलचित्र रिलिज नहुँदै संसार छोडेका निर्देशक आलोकसँग पहिलो भेटबाट नै अत्यन्तै नजिकिएका पाठकको पहिलो भेट मोवाइल म्यासेजबाट भएको थियो। पाठकसँग निर्देशक आलोकले नयाँ चलचित्र बनाउन चाहेको कुरा म्यासेजमा उल्लेख गरेका थिए। यस अघि पनि कथा र निर्देशनलाई निरन्तरता दिँदै आएका पाठकले आलोकको म्यासेजसँगै आफै धेरै उत्साहित भएको भन्न नपाउँदै अन्र्तवार्ताको क्रममा भक्कानिन पुगे। पाठकले भन्दै थिए ‘आलोक सरले नेपाली पन भएको एउटा कथा मलाई लेखिदिनु पर्यो भन्नुभयो र उहाँले भने अनुसार कथा कसरी बुन्ने भनेर गम्भिर भएर सोच्न थालेँ। मैले आलोक सरको लागी उत्साहित भएर लेखेको कथा नै पहिलो र अन्तिम बन्न पुग्यो’। यति भनीरहँदा उनी भावुक मात्रै बनेनन् उनका आँखाभरी आँसु टिलपिल टिलपिल गरीरहेका थिए।

आलोकका यस अघिका दुई चलचित्रमा पूर्ण नेपाली पनलाई चाहेर पनि झल्काउन नसकिरहेको अवस्थामा अझै पनि मार्फत त्यसको पुर्ती गर्न चाहेका थिए। यस अघि पनि सफल चलचित्र लेखेका पाठकले आलोकको चाहना अनुसार विशुद्द नेपाली चलचित्र ‘अझै पनि’ लेखेका थिए।
भिडियोमा हेरौँ लेखक तथा कलाकार रामशरण पाठसँगको कुराकानी:

SUBSCRIBE 👉