बाबु र रिमाको नृत्यसँगै बाटो मूनिको फूल २ शुरु


Bato Muniko Phool 2काठमाडौं । नायक बाबु बोगटी र नायिका रिमा विश्वकर्माको नृत्यसँगै फिल्म ‘बाटो मुनिको फूल २’को सुटिङ झापाबाट शुरु भएको छ। सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको फिल्म ‘बाटो मूनिको फूल’को सिक्वेलका निर्देशन सुवर्ण थापाले गर्दैछन्।

फिल्मका निर्माता तथा कलाकार यश कुमारका अनुसार फिल्मका अधिकांश दृश्य झापामै छायांकन गरिनेछ। केही दृश्य चाहिँ काठमाडौंमा खिचिनेछ। फिल्ममा ऋचा शर्मा, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, दिलिप रायमाझी, बाबु बोगटी, यश कुमारसँगै टिका पहाडी, गणेश उप्रेती, सुभद्रा अधिकारीको अभिनय रहनेछ।

फिल्ममा यश कुमार र बाबु बोगटीको संगीत, चन्द्र पन्तको द्वन्द्व, गोविन्द प्रभातको नृत्य र मानकृष्ण नकर्मीको छायांकन रहनेछ। फिल्म ४० दिनमा छायाँकन सकी पोष्ट प्रोडक्सनमा जाने निर्माण पक्षले जनाएको छ।

SUBSCRIBE 👉