विवादास्पद फिल्म एमएसजी आउँदै


suresh-darpan-pokhrelकाठमाडौं । बलिउडमा विवादसँगै प्रदर्शनमा आएको फिल्म ‘एमएसजी(द मेसेञ्जर अफ गड)’आगामी शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आउने भएको छ । धार्मिक गुरु गुरमित राम रहिम सिंह र जितु अरोराले निर्देशन गरेको फिल्मलाई नेपालमा दर्शना आर्टसले ल्याउन लागेको हो ।

दर्शना आर्टसका प्रमुख कार्यकारी अधिकृत सुरेशदर्पण पोखरेलले भारतमा दुई साता अघि नै प्रदर्शनमा आएको फिल्मले लागु औषध दुव्र्यसन तथा मदिरापानका विरुद्ध आवाज उठाएको बताए । उनका अनुसार यो फिल्म राजधानी र मोफसलका सीमित हलमा मात्र प्रदर्शन गरिनेछ ।

फिल्मका प्रतिनिधि पुरुषोत्तम लाल तिहाना इन्साले मानव जातिको हितको लागि फिल्म बनेकोले आम दर्शकले एकपटक हेर्नै पर्ने दाबी गरे ।

पूर्व सभासद ओमप्रकाश यादवले भारतमा फिल्मको प्रदर्शनबाट आएको रकमले सामाजिक काममा खर्च गरेको स्मरण गर्दै नेपालमा पनि यस्तै किसिमको परोपकारी काममा खर्चिने दाबी गरे । उनले गुरुको काममार्फत नेपालका विभिन्न असहाय र विपन्न वर्गका व्यक्तिलाई सहयोग गरेको पनि बताए ।

आर्टसका कार्यकारी निर्देशक दीपक अधिकारीले नेपालका हलमा गरिएको प्रदर्शनबाट आएको मुनाफा सामाजिक काममा खर्च गरिने घोषणा गरे । यो फिल्मले बलिउडमा उत्कृष्ठ व्यापार गरिरहेको छ । यो फिल्मको सेन्सर प्रक्रियामा राजनीतिक हस्तक्षेप हुन थालेपछि भारतीय फिल्म सेन्सर बोर्डको अध्यक्षसहित सम्पूर्ण सदस्यले राजीनामा दिएका थिए ।

SUBSCRIBE 👉