फिल्मीबजारको फिल्मकर्मी र पत्रकारलाई सम्मान


laxminatha-sharma-directorकाठमाडौं । अनलाइन पत्रिका फिल्मीबजार डट कमले सोमबार राजधानीमा पहिलो वार्षिकोत्सवको कार्यक्रम आयोजना गर्दै फिल्म तथा रंग पत्रकारिता क्षेत्रका विभिन्न फिल्मीकर्मी र पत्रकारलाई सम्मान गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चर्चित फिल्म निर्देशक लक्ष्मीनाथ शर्मालाई ११ हजार रुपैंयाँसहितको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो ।
bhuwan-chandकार्यक्रममा प्रथम नायिका भूवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’, पत्रकारद्वय विदुर गिरी र प्रकाश सुवेदीलाई ‘चलचित्र पत्रकारिता सम्मान’ र सुमन गैरेलाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’बाट सम्मानित गरिएको थियो । नायिका शिल्पा पोखरेललाई ‘नवप्रतिभा प्रोत्साहन सम्मान’ दिईएको कार्यक्रममा वितरक नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’, छाँयाकार मञ्जुकुमार श्रेष्ठलाई ‘प्राविधिक सम्मान’ प्रदान गरिएको थियो भने गिनिज बुक अफ वल्ड रेकड्समा नाम लेखाउन सफल विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई ‘प्रोत्साहन सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक युवराज चौलागाई, मलिना राई, प्रल्हाद तिमिल्सिना, जोनिशा पौडेललगायतले मनोरञ्जन प्रदान गरेका थिए ।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोला

SUBSCRIBE 👉