शम्भुजितलाई सम्मानसँगै अझै पनिको प्रिमियर


Sambhujeet-Baskota-Ajhai-pani-premier-showकाठमाडौं । आगामी शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘अझै पनि’ले मंगलबार राजधानीमा प्रिमियरसँगै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई पनि सम्मान गरेको छ । स्वर्गीय निर्देशक आलोक नेम्बाङले निर्देशन गरेको अन्तिम फिल्म हेर्न उल्लेख्य मात्रामा फिल्मकर्मीसँगै पत्रकार र दर्शकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फिल्मका निर्माता तथा नायक सुर्दशन थापाले आलोकलाई सम्झँदै कार्यक्रममा उपस्थित आलोककी आमा सुनन्दाको आशिर्वादको खाँचो रहेको बताए । अर्की निर्माता पुनम गौतमले सानैदेखि फिल्म प्रतिको रुचीलाई अहिले आएर फिल्म निर्माणसँगै पुरा गरेको जनाईन् । सुर्दशन थापा प्रोडक्सन तथा पुनम इन्टरटेनमेन्टद्वारा निर्मित फिल्ममा सुर्दशन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुगांना, पुष्प खड्का, मिथिला शर्मा, रामशरण पाठक लगायतका कलाकारको अभिनय रहेको छ ।
Sudarsan-Thapa-Pooja-Sharmaकार्यक्रममा आलोकको सम्झनामा स्थापित आलोक ट्रष्टले नेपालकै पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजित बास्कोटालाई सम्मान गरेको थियो । उक्त सम्मान आलोककी आमा सुनन्दा र ट्रष्टकी संरक्षक पुनम गौतमले संगीतकार बास्कोटालाई सम्मानपत्रसहित सम्मान गरेका थिए । शम्भुजितले २०१४ सालमा सदाबहादर नायक भुवन केसीले गाएको ‘मायालु तिमी टाढा भईदिनाले’ बोलको गीतको भिडियोलाई निर्देशन गरेका थिए । विजय उदय पाल्पालीको शब्द, शम्भुजितकै संगीत रहेको भिडियो भुवन आफैले अभिनय गरेका थिए भने छायांकन जयसिंह शाहको थियो ।

संगीतकार बास्कोटाले फिल्मकर्मी र दर्शकमाझ आलोक सधैं जीवित नै रहने भएकाले उनको नामको अगाडि स्वर्गीय शब्द नभन्न र नलेख्न आग्रह गरे । ट्रष्टले हरेक वर्ष संगीत क्षेत्रमा आबद्ध एक व्यक्तिलाई सम्मान गर्ने जनाएको छ ।

SUBSCRIBE 👉