आलोक नेम्बाङ् निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ लाई दर्शकहरुको साथ


काठमाण्डौ । प्रिमियर सो बाट नै उत्कृष्ट चलचित्रको चर्चा पाईसकेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘अझै पनि’ शुक्रवार देखि नेपालभरका ४९ हलमा रिलिज भएको छ। निर्देशक स्व. आलोक नेम्बाङ् निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ सामाजिक प्रेमकथालाई अगाडी बढाउँदै नारीको महत्व र विभिन्न रुपलाई कलात्मक ढंगले प्रस्तुत गरिएको चलचित्र हो। करिव आठ सय म्यूजिक भिडियो र दुई चलचित्रहरु ‘सानो संसार’ र ‘कोहि मेरो’ निर्देशन गरेका आलोकले तेश्रो तथा महत्वाकांक्षी चलचित्र ‘अझै पनि’ निर्देशन गरेका थिए। यो चलचित्र नै उनको अन्तिम चलचित्र बन्न पुग्यो।
nepali movie ajhai pani directed by alok nembang

लामो समयपछि एउटा राम्रो र विशुद्द नेपाली चलचित्र हेर्न पाएको भन्दै स्व. निर्देशक आलोक नेम्बाङ्लाई दर्शकले सम्झिएका छन्। ‘अझै पनि’ जस्तै चलचित्र नेपालमा आवश्यकता रहेको बताउँदै दर्शकले साथिभाई तथा आफन्तलाई चलचित्र हेर्न अनुरोध गर्ने बताएका छन्। २ घण्टा १७ मिनेट लामो चलचित्र हेर्दा कुनै पनि समयमा असहज महशुस नभएको भन्दै नयाँ कलाकारको तारिफ गरेका छन्।

राजधानीमा मात्र प्रमुख हलसहित १९ हलमा चलिरहेको यो चलचित्रले इनिशियल भन्दा पनि ‘वर्ड अफ माउथ’ले विस्तारै व्यापार बढ्ने वितरक कम्पनीहरुले जनाएका छन्। चलचित्रकी निर्माता पुनम गौतमले आफुलाई बधाईको ओईरो आएको बताईन्। पहिलोपटक चलचित्रमा लगानी गरेकी उनले आफुले गरेको कामको सहि मुल्यांकन भएकोमा आफु निक्कै खुशी भएको बताईन्।

चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्व तथा सञ्चारमाध्यमबाट उत्कृष्ट दाबी गरिएको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन्। पुनम इन्टरटेनमेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको यस चलचित्रलाई रामशरण पाठकले लेखेका हुन् ।

‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ।

SUBSCRIBE 👉