केकी र अनुपको रोमान्स – हाउ फन्नी !! भिडियो


काठमाडौं । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘हाउ फन्नी’को पहिलो प्रेम गीत ‘यो के हो माया’ सार्वजनिक भएको छ। शान बस्न्यातको शब्द र सुरेश अधिकारीकेा संगीतमा तयार भएको गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर रहेको छ। कालिञ्चोकको रमणिय द्रिष्यसमेटेर छायाँकन गरिएको गीतमा नायिका केकी अधिकारी र नायक अनुप विक्रम शाहीको रोमान्सलाई प्राथमिकता दिइएको छ।

Kekei Adhikari Anoop Bikram Shahi How Funny

Kekei Adhikari and Anoop Bikram Shahi | screen shot of the video | How Funny!!

गीतमा कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ। पौष महिनाको चिसो मौसममा खिचिएको गीतमा जाडोको पर्वाह नगरी अनुप र केकीले रोमान्स गरेका छन्। फिल्ममा केकी र अनुपसागै प्रियंका कार्की, दयाहाङ राई, शिशिर राणालगायतको अभिनय रहेको छ। फिल्मकी निर्देशक निलु डोमा शेर्पा हुन् भने कार्यकारी निर्मातामा पूर्व मिस नेपाल माल्भिका सुब्बा छिन्। माल्भिकाबाहेक फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा पनि निर्माता छन्।

केकी अधिकारी र नायक अनुप विक्रम शाहीको आकर्षक तस्विहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉