ज्ञानको भिडियोमा कलाकारको भीड


Priyanka Karkiकाठमाडौं । हङकङमा बस्दै आएका धराने गायक ज्ञान सुब्बाले ‘मान या नमान’ बोलको म्युजिक भिडियो निर्माण गरेका छन् । दिनेश सुब्बाको शब्द–संगीत रहेको भिडियोका निर्देशक नितिन चन्द हुन्।

भिडियोमा सुरजसिंह ठकुरी, प्रियंका कार्की, निता ढुंगाना, मिश्री थापा, कल्पनालगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोमा कलाकारहरुले चर्चित फेशन डिजाईनर उत्तम बनेपालीको डिजाईनमा तयार भएको पहिरन लगाएका छन् भने अर्का चर्चित कोरियोग्राफर गोविन्द राईले कोरियोग्राफी गरेका छन् । निर्देशक चन्दका अनुसार गीत यसै महिना सार्वजनिक गरिनेछ।
Neeta Dhunganaहङकङमा रहेपनि संगीतलाई माया गर्ने गायक सुब्बा थोरै तर राम्रा गीत मात्र गाउने चुजी गायकको रुपमा परिचित छन् । त्यहि भएर नै उनले डेढ दशकको अन्तरालमा दोस्रो एल्बम श्रोतामाझ ल्याउन लागेका हुन् । उनको नयाँ एल्बमको तीन गीतको भिडियो भने यसअघि नै चर्चित भिडियो निर्देशक स्वर्गीय आलोक नेम्बाङले बनाईसकेका छन्।

SUBSCRIBE 👉