चितवनमा झोलाको च्यारिटी


Jhola Charityकाठमाडौं । चलचित्र पत्रकार संघ चितवनको अक्षयकोष निर्माण सहयोगार्थ फिल्म झोलाको च्यारिटी शो गरिएको छ । आइतबार विश्व नारी दिवसको अवसरमा चितवनको इन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी शो गरिएको हो ।

चलचित्र पत्रकार संघ चितवनकै आयोजनामा भएको उक्त च्यारिटी शोमा विभिन्न स्कुलका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यस्तै विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत स्थानिय सञ्चारकर्मी तथा फिल्मकर्मीको समेत उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरुले झोला समाजको प्रस्ट तस्वीर भएकाले एकपटक सबैले हेर्नुपर्ने प्रतिक्रिया दिए ।

Jhola Charityच्यारिटी शोबाट संकलित रकमले चलचित्र पत्रकार संघ चितवनको अक्षय कोष निर्माण गरिने संघका अध्यक्ष रवि अधिकारीले बताए । उनले अक्षयकोष निर्माण गरेर संघलाई संगठित र मजबुत बनाउने लक्ष्य लिएको जनाए ।

सतिप्रथाको कथा उठाइएको फिल्ममा गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी, सुजल नेपाल लगायतको अभिनय छ । फिल्मका निर्देशक यादव भट्टराई हुन् ।

SUBSCRIBE 👉