करिनालाई पत्नी बनाउने करण चाहना


Karan-Kareenaबलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक करण जोहार र अभिनेत्री करिना कपूर खानबीचको दोस्तीको किस्सा समय–समयमा सञ्चारमाध्यममा आउने गरेका छन् । करणले हालै दिएको एक अन्तर्वार्तामा करिनालाई आफुले पुरुषको नजरबाट हेर्दा पत्नी बनाउन चाहेको खुलासा गरेका छन् ।

यो जोडीले हार्पर बजार इण्डिया म्यागाजिनको कभर पृष्ठका लागि फोटोसुट गराएका थिए । करणले बेबो नायिकासँग आफ्नो विशेष किसिमको कनेक्सन रहेको समेत बताएका छन् । उनले आफ्नो कोही बहिनी भए केबल करिना नै हुने र आफुले डेटिङमा चाहे उनीसँगै जाने पनि जनाए । करणको कुरा सुन्दा करिना प्रति यति धेरै आशक्ति सैफ पनि सायद हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

SUBSCRIBE 👉