काठमाडौं । बाल्यकाल देखि नै अभिनयमा रुचि राख्ने आर ढकाल रघुले फिल्ममा अभिनय गर्ने सपना पुरा गरेका छन् । फिल्ममा अभिनय गर्नकै लागि कास्कीबाट काठमाडौं आएका उनले ‘नागरिक’, ‘समय’ लगायतका चलचित्रमा आफ्नो अभिनय कला देखाइसकेका छन् ।
कान्तिपुर टेलीभिजनबाट हरेक साताको शुक्रबार प्रसारण हुँदै आएको हाँस्य शृखला ‘डिट्ठा साब’का एक कलाकारसमेत रहेका उनले स्वदेश तथा विदेशका स्टेज कार्यक्रममा आफ्नो कला कौशल पनि देखाइसकेका छन् । डिट्ठा साबमा उनले बोल्ने थेगो ‘छप्की’ र ‘अल्ली ढिला भो अल्ली ढिलाको कोटेश्वरको जामले गर्दा कल्पनाको ममीसँग भेट्न ढिला भो’ बोलको गीत निकै चर्चित बनेको छ ।
पत्रकारीता हुँदै कलाकारीतामा प्रवेश गरेका रघु सामाजिक कार्यमा पनि उत्तिकै रुचि राख्छन् । कलाकारीताको माध्यमबाट सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने बताउने ढकालले सामाजिक विषयबस्तुलाई नै समेटेर छिट्टै नै सर्ट फिल्म निर्माण गर्ने तयारीमा छन् । फिल्मको कथा लेखीसकेका उनले केही समयमा ने पोष्ट प्रोडक्सनमा जाने बताए ।