एकै पटक १२ समोसा खान्छन् ऋतिक


Hritik Roshanबलिउडका स्टारहरु आफ्नो फिटनेसको विषयलाई लिएर निकै सतर्क हुने गरेका छन् । तर उनीहरु आफुलाई स्ट्रिट फुडबाट भने टाढा राख्न रुचाउँदैनन् । यो मामलामा ऋतिक रोशन पनि कम छैनन् ।

तातो समोसाको फ्यान ऋतिक एकपटकमा १२ वटासम्म समोसा खाँदा रहेछन् । आफु समोसा खाँदा कोही कसैले पनि त्यसमा अवरोध नगरोस भन्ने उनको चाहना हुँदो रहेछ ।

ऋतिकका अलावा रणवीर कपुर, सोनम कपुर, सलमान खान जस्ता स्टारहरु पनि स्ट्रिट फुडका पारखी हुन् । रणवीरलाई वडा पाव र सोनमलाई पाव भाजी मनपर्छ भने सलमान चाहिँ विरयानी रुचाउँदा रहेछन् ।

SUBSCRIBE 👉