युवराजले गाए ‘घिटिघिटी बाँचेको छु’


Youbaraj Chaulagainकाठमाडौं । सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो फिल्म ‘लाल जोडी’को दोस्रो गीतको रेकर्डिङ राजधानीमा गरिएको छ । गीतमा गायक युवराज चौलागाईको स्वर रहेको छ । ‘दुखले म मातेको छु….घिटी घिटी बा“चेको छु’ बोलको गीत धोबिधारास्थित म्युजीसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत छ भने लक्ष्मण आफैले गीत लेखेका हुन् । आधुनिक तथा लोक संगीतका चर्चित संगीतकार सन्तोष यही गीतमार्फत पहिलोपटक फिल्मी संगीतमा आएका हुन् । ‘एउटा साथी’ मार्फत निर्देशनमा डेब्यु गरेका सुबेदीकै लेखन, निर्माण र निर्देशनमा बन्ने लालजोडीको एउटा डोयट गीत राजेशपायल राई र मनिषा पोखरेलको स्वरमा केही समयअघिनै रेकर्ड गरिसकीएको छ ।

Lal Jodi Movieसिच्युसनअनुसारको सेन्टिमेन्टल गीत भएकाले आफैले रचेको निर्देशक सुवेदीले बताए । गायक युवराजले यो गीतमा निकै मन छुने शब्द भएकाले धेरै दिनको मिहिनेत पछि रेकर्डिङ गरिएको खुलाए । गीतको एरेन्ज सुदीप सागरले गरेका हुन् । संगीतकार सन्तोषले पनि आफूलाई यही गीतले फिल्म संगीतमा स्थापित गराउने विश्वास ब्यक्त गरे ।

दिलासा क्रियसनको ब्यानरमा बन्ने फिल्म रामेश्वर कार्कीले खिच्ने छन । सुशील पंगेनीको प्रोडक्शन डिजाइनमा बन्ने फिल्मका अन्य कलाकार तथा प्राविधिकको छनौट कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको सुटिङ त्रिशुली र काठमाडौंमा गरिने निर्देशक सुवेदीले जनाए ।

SUBSCRIBE 👉